Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डेसान’ ट्रेलरमा निशानको पछि नम्रता

फिल्मीखबर, काठमाडौं, 2022/11/26

Namrata Sapkota, Bholaraj Sapkota

 

यही मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट ३९ मिनेट लम्बाईको ट्रेलरमा नारी संवेदना, अविश्वासले वैवाहिक जीवनमा उत्पन्न कलह, विवाहेत्तर सम्बन्धलगायतको पक्षलाई देखाइएको छ । अभिनेत्री नम्रता सापकोटाको भूमिकाले दर्शकलाई फिल्मप्रति उत्सुकता र कौतुहलता जगाउन सक्छ ।

कमल एक्चै मगरद्वारा निर्देशित फिल्ममा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय रहेको छ । कोरोना महामारीको त्रासदीपूर्ण समयमा छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वाद पस्कने निर्देशक मगरको दावी छ । कलाकारहरु पनि दर्शकलाई फिल्म मनपर्नेमा विश्वस्त छन् ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको यस फिल्ममा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन छ । ‘डेसान’लाई मोफसलमा एफडी कम्पनी र राजधानीभित्र जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।