Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘२ नम्बरी’ निर्माता नेपालीले ‘हात्तीछाप’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2022/11/26

Kiran Nepali

 

‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ गरी दुई फिल्मबाटै किरण नेपालीले आफूलाई सफल निर्माताको रुपमा स्थापित गरिसकेका छन् । अब उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । ‘पोई पर्‍यो बुढो’ बनाउने भनेर कस्सिएका उनले तत्काललाई यो फिल्म थाती राख्दै ‘हात्तीछाप’ नाममा नयाँ फिल्म बनाउने निर्णय गरेका छन् । यसै वर्षको चैतबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनी छन् ।

फिल्ममा नाम चलेका कलाकार रहने नेपालीको भनाई छ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । किरणले भने– ‘फिल्मको कथा पढेपछि म प्रभावित भएँ । यसैले ‘पोई पर्‍यो बुढो’ लाई पोस्टपोन्ड गरेर पहिला यो फिल्म बनाउने निर्णय गरेका हुँ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो फिल्म निर्माण हुनेछ । ‘हात्तीछाप’ सामाजिक कथावस्तुमा निर्माण हुने निर्माता नेपालीले जानकारी दिए ।

फिल्मका लागि निर्देशक र कलाकार केही दिनमा फाइनल गरिने उनले बताए । ‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । किरणले आफ्ना दुई फिल्म ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’को निर्माणमा कास्की प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे) सँग सहकार्य गरेका थिए । ‘हात्तीछाप’मा पनि राजिव निर्माताको रुपमा जोडिन सक्नेछन् ।