Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनको ‘मिलन’ हलमा, वरुणको ‘भेडिया’ चुनौती

फिल्मीखबर, काठमाडौं, 2022/11/25

meelan and bhediye

 

छठको विदा पारेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले पाँचौं हप्तामा पनि हलमा आफ्नो दबदबा कायम राख्दै गर्दा शुक्रवारबाट नयाँ नेपाली फिल्म ‘मिलन’ले प्रदर्शन आरम्भ गरेको छ । खासै प्रचार-प्रसार नगरिएको यो फिल्मले मंगलवार भएको प्रिमियरमा भने सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । फिल्मले मल्टीप्लेक्सहरुमा शोज र सिंगल थिएटर पर्याप्त मात्रामा पाउन सकेको छैन ।

यो फिल्मलाई मल्टीप्लेक्समा शुक्रवारबाटै प्रदर्शनमा आएको अभिनेता वरुण धवन अभिनीत बलिउड फिल्म ‘भेडिया’ ठूलो चुनौती बन्ने देखिन्छ । ट्रेलर रिलिजपछि भारतसँगै नेपालमा पनि प्रतिक्षीत बनेको यो फिल्मलाई नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित राजधानी र मोफसलका मल्टीप्लेक्सहरुले सुखद् शो बाँडेका छन् । तर, बुकिङ भने खासै राम्रो देखिएको छैन ।

टेक पौरखी राईद्वारा निर्देशित ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा फिल्म केन्द्रित छ । प्रिमियरमा मिलेको प्रतिक्रियाले व्यापारमा सघाउ पुग्ने विश्वास निर्माण टिमको छ ।
 
फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन भएको फिल्मको निर्मातामा प्रविन थापा रहेका छन् । यो फिल्मबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।