Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले १० हजार मत कटाउन पनि सकिनन्

फिल्मीखबर, काठमाडौं, 2022/11/24

थुप्रै फिल्म पैसा नलिइ गरेको छु : रेखा थापा

 

मोरङ क्षेत्र नं. ३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा मत गणनाको सुरुवातदेखि नै तेस्रो स्थानबाट उक्लन सकेकी छैनन् । ६२ हजारभन्दा बढी मत गणना भएर अब ३५ हजार मत गन्न बाँकी हुँदा उनले जम्मा ६ हजार ८४२ मत प्राप्त गरेकी छन् । यो क्षेत्रबाट कांग्रेसका उम्मेदवार सुनिल शर्मा भारी मतसहित विजयी हुने लगभग पक्का देखिन्छ ।

शर्माले ३१ हजार १६२ मत प्राप्त गर्दै जितका लागि बाटो खोलेका छन् भने १६ हजार ८०१ मतसहित एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् । लोकप्रिय अनुहारका कारण चुनावी प्रचारमा रेखाप्रति जनताको आकर्षण गजब देखिएको थियो । मिडियामा समेत उनकै चर्चा थियो । तर, मत परिणाम निराशाजनक आउनुले रेखालाई त्यहाँका जनताले विश्वास गर्न नसकेको स्पष्ट देखिन्छ ।

रेखाको कमजोर मतपरिणाम आउनुको एउटा मुख्य कारण मोरङ-३ मा राप्रपाको बलियो संगठन नहुनु हो । उनले जति पनि मत प्राप्त गरेकी छन्, त्यो उनको सेलिब्रेटी छवि र वाकपटुताको बलमा आएको हो । खासमा रेखा यो क्षेत्रमा एमालेसँग मिलेर चुनाव लड्न चाहन्थिन् । तर, एमालेले यसअघि चुनाव जितेका ढकालको विकल्प सोच्न सकेन । त्यसपछि रेखा एक्लै मैदानमा उत्रिइन् ।

मोरङ-३ मा एमालेले रेखालाई समर्थन गरेको भए कांग्रेससँग कडा प्रतिस्पर्धा हुने मतपरिणामको रुझानले देखाउँछ । अहिलेसम्म एमाले र राप्रपाले पाएको मत जोड्ने हो भने कांग्रेस उम्मेदवार शर्माको आसपास आउँछ । तर, एमालेले आफ्नो बलियो किल्ला मानेर ढकालमाथि विश्वास गर्दा कांग्रेसले जित निकाल्ने भएको छ । रेखाले मतपरिणामको बारेमा अहिलेसम्म केही बोलेकी छैनन् ।