Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्यूठानबाट प्रदेशसभामा रोज राणा विजयी

फिल्मीखबर, काठमाडौं, 2022/11/24

rose rana

 

प्यूठानबाट प्रदेशसभामा फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) विजयी भएका छन् । प्यूठान प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७१२ मत अन्तरले विजयी भएका हुन् । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए । उनी प्यूठान क्षेत्र नं. २ को क्षेत्रिय सभापति समेत हुन् ।

प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, रोजले नै बोर्ड जाने इच्छा देखाएनन् ।

रोजले ‘दादागिरी’बाट फिल्म निर्माणमा हात हालेका थिए । त्यसपछि उनले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका फिल्म बनाए । यी फिल्ममा उनको अभिनय पनि छ । फिल्म ‘जय पशुराम’बाट निर्देशनमा समेत हात हालेका उनले पछिल्लो पटक फिल्म ‘मेरो पैसा खोइ ?’ को निर्माण तथा निर्देशन गरेका थिए । चाँडै उनी ‘खलनायक २’ बनाउने तयारीमा छन् ।