Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अबको पाँच वर्षमा उम्मेदवार बन्ने राजेश हमालको घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/11/20

rajesh hamal

 

लामो समयदेखि सक्रिय राजनीतिमा आउने बताउँदै आएका लोकप्रिय अभिनेता राजेश हमालले अबको पाँच वर्षमा हुने निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । आइतवार भइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट खसालेपछि उनले अब राजनीतिमा सक्रिय हुने बताएका हुन् ।

उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ ।’ उनले कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो नभइसकेको बताए । यसपालिको चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने उनको विश्वास छ । आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको उनको भनाई छ ।

गत स्थानीय निर्वाचनमा पनि हमालले आगामी निर्वाचनमा आफू कुनै भूमिकामा देखिन सक्ने संकेत गरेका थिए । उनलाई विभिन्न पार्टीले हरेक निर्वाचनमा उम्मेदवारको प्रस्ताव राख्ने गरेका छन् । तर, अहिलेसम्म उनी कुनै राजनीतिक दलप्रति खुलेका छैनन् । केपी शर्मा ओलीसँग निकै नजिक मानिने हमाल बेला बखतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका हुन्छन् ।