Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘नम्बरी सुन’मा नम्रताको प्रवेश, आमेशसँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2022/11/18

namrata sapkota

 

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटाको प्रवेश भएको छ । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन गरेको बताइन् ।

आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने फिल्मका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । केही दिनमा फिल्मको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए ।  

‘नम्बरी सुन’बाट राजेन्द्र खड्गीले लामो समयपछि द्वन्द्व निर्देशनमा कमब्याक गर्दैछन् । ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको यस फिल्ममा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । लमजुङ, हेटौंडा र काठमाडौँमा फिल्मको छायांकन हुनेछ ।