आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘ह्यारी कि प्यारी’को तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा साम्राज्ञी र जितु नेपालको लभ केमेस्ट्री देखिन्छ । पोस्टरको माध्यमबाट फिल्म रोमान्टिक-कमेडी जनरामा निर्माण भएको जानकारी दिन खोजिएको छ ।
.jpg)
एक पोस्टरमा साम्राज्ञीसँग हाइट मिलाउन जितु बाकसमाथि उभिएका छन् र उनीहरुलाई रिवनले बाँधिएको छ । दोस्रो पोस्टरमा जितुले साइकल चलाएका छन् भने साम्राज्ञी माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा दुवै रोमान्टिक अवतारमा प्रस्तुत छन् । यी पोस्टरले फिल्मप्रति दर्शकको कौतुहलता र उत्सुकता जगाउन सक्छ । साम्राज्ञी र जितुले पहिलो पटक एकसाथ काम गरेका हुन् ।
.jpg)
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ भने नायिका रेखा थापा अतिथी भूमिकामा छिन् । फिल्ममा डा. कपिल रिजालको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद छ ।
.jpg)
फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । अहिले फिल्मको पोष्ट प्रोडक्सनको लागि निर्देशक रिजाल र डिओपी बराल मुम्बईमा छन् ।

