Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पार्टीले नपत्याए पनि एमाले उम्मेदवार जिताउन करिश्माको दौडधुप

फिल्मीखबर, काठमाडौं, 2022/11/17

Karishma Manandhar

 

यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विभिन्न उम्मेदवारलाई समर्थन गर्दै कलाकारहरु पनि मैदानमा उत्रेका छन् । कोही पार्टीका उम्मेदवार जिताउने अभियानमा छन् भने कोही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेका छन् । यसअघिका निर्वाचनमा उम्मेदवारहरुलाई जिताउन कलाकारहरुको यसखालको सक्रियता देखिएको थिएन ।

स्थानीय निर्वाचनको मुखमा एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई पनि केही दिनयता चुनावी प्रचारमा भ्याइनभ्याइ छ । ‘पब्लिक फेस’ भएकाले उनलाई एमालेका उम्मेदवारले प्रचारमा भरपूर प्रयोग गरिरहेका छन् । करिश्मा पनि आफ्नो क्षेत्र र अन्य क्षेत्रका एमाले उम्मेदवारका लागि भोट माग्न जोडतोडले खटिएकी छन् । उम्मेदवारभन्दा उनलाई नै बढी चुनाव लागेको देखिन्छ ।

करिश्माको निर्वाचन क्षेत्र ललितपुर क्षेत्र नं. १ हो । यो क्षेत्रबाट एमाले उम्मेदवार नवराज सिलवाल प्रतिनिधिसभामा उठेका छन् । सिलवालको चुनावी कार्यक्रममा करिश्मा खुलेरै हिँड्की छन् । काठमाडौं क्षेत्र नं. ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलको चुनावी कार्यक्रममा पनि करिश्मा सहभागी भइरहेकी छन् । अन्य उम्मेदवारका लागि भने उनले सामाजिक सञ्जालबाट भोट मागेकी छन् ।

त्यसो त करिश्माले पनि प्रतिनिधिसभामा उठ्ने इच्छा देखाएकी थिइन् । तर, पार्टीले भाग पुर्‍याउन नसकेपछि उनले टिकट पाउन सकिनन् । उनको नाम समानुपातिक सूचिमा पर्ने चर्चा पनि चलेको थियो । तर, निर्वाचन आयोगमा एमालेले बुझाएको समानुपातिक सूचिमा उनको नाम छैन । यसका बावजूद पनि उनी एमाले उम्मेदवारलाई जिताउनका लागि खुसीसाथ प्रचारमा खटिरहेकी छन् ।