Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीमानसँग सम्बन्ध विग्रिएको चर्चाबीच वर्षा लेख्छिन्, ‘मौन बसे घमण्ड, केही बोले बहस’

फिल्मीखबर, काठमाडौं, 2022/11/17

Barsha Siwakoti

 

सार्वजनिक व्यक्ति भएपछि उसको नीजि जीवन होस् वा व्यवसायिक, सबै सार्वजनिक हुन्छन् । कहिले काहिँ यी कुराले समस्या पनि निम्त्याउँछ । कतिपय अवस्थामा फाइदा पनि पुगेको हुन्छ । विशेषगरि, कलाकारहरुको नीजि र व्यवसायिक जीवनको बारेमा आम मानिस र मिडियाले निकै चासो दिने गरेका हुन्छन् । उनीहरुले गर्ने जुनसुकै गतिविधिले चर्चा र विवाद दुवै जन्माउन सक्छ ।

अभिनेत्री वर्षा सिवाकोटी पनि केही समययता व्यक्तिगत जीवनका कारण चर्चाको पात्र बनेकी छन् । गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा यतिबेला चरमचुलीमा छ । यो विषयमा वर्षा मौन बस्नुले बजारमा चलेको चर्चालाई थप मलजल मिलेको छ ।

विवाहको एक हप्तापछि उनका श्रीमान् अमेरिका उडेका थिए । त्यसको दुई/तीन महिनामा वर्षा पनि अमेरिका गइन् । केही हप्ता उता बसेपछि नेपाल आएकी उनको अहिले इन्टाग्राममा विवाहको क्रममा श्रीमानसँग खिचिएका तस्विरहरुको नामनिशाना छैन । फेसबुक पेजमा भने केही थान विवाहका तस्विरहरु छन् । नेपाल फर्किएपछि उनले श्रीमानलाई सम्झँदै स्टोरी पनि हालेकी छैनन् ।

मिडियामा वैवाहिक सम्बन्ध विग्रिएको खबर छ्यापछ्याप्ती हुँदा पनि मौन बसेकी वर्षाले बिहीवार फेसबुकमा एक तस्विर पोष्ट गर्दै क्याप्सनमा लेखेकी छन्, ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ आफ्नो बारेमा आउने कुनै कुरामा मौन बस्दा घमण्डीको ट्याग लाग्ने र केही बोले बहस हुने गरेको उनको आशय छ । कतै उनलाई वैवाहिक सम्बन्धको बारेमा बोले बहस हुने डर लागेको त होइन ?