Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्बपति उम्मेदवार विनोद चौधरीको पक्षमा खुले प्रदीप

फिल्मीखबर, काठमाडौं, 2022/11/15

binod chaudhari and pradeep khadka

 

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँएसँगै श्रृंखलावद्ध रुपमा कलाकारहरु पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यसैक्रममा, सुपरस्टार प्रदीप खड्का नेपाली कांग्रेसका अर्बपति उम्मेदवार विनोद चौधरीलाई जिताउन हिँडेका छन् । मंगलवार नवलपरासीको बर्दघाट-१२ मा चौधरीको चुनावी सभामा उनी सहभागी भएका थिए ।

चौधरी नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पुगेका थिए भने उनीहरुसँगै प्रदीप खड्कालाई पनि अतिथीको रुपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

विनोद चौधरीले आफ्नो फेसबुकमा राखेको तस्विरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । उनले चौधरीलाई जिताउन त्यहाँका स्यानीयहरुलाई आग्रह गरेको जानकारी प्राप्त छ । विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएको स्रोतले बताएको छ ।

 

binod chaudhari and pradeep khadka
 

चौधरी ग्रुपको एक विज्ञापनमा काम गरेपछि प्रदीपको वरुण र चौधरी परिवारसँग घनिष्टता बढेको थियो । चाँडै चौधरी ग्रुप नेपाली फिल्म निर्माणमा पुनरागमन गर्ने तयारीमा छ, जसमा प्रदीप मुख्य भूमिकामा रहने लगभग पक्का जस्तै रहेको स्रोत बताउँछ । दुई साता अगाडि भारतको मुम्बईमा भएको बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा समेत प्रदीप वरुणको साथमा पुगेका थिए ।