Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनयबाट ब्रेक लिँदै आमिर खान

एजेन्सी, मुम्बई, 2022/11/15

Aamir Khan Age, Height, Weight, Wife, Biography & More - BioExposed

 

बलिउड सुपरस्टार आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिजको चार वर्षपछि आफ्नै होम प्रोडक्सनको फिल्म ‘लाल सिंह चढ्ढा’बाट अभिनयमा फर्किए । यस वर्षको जुलाईमा प्रदर्शन भएको यो फिल्मप्रति उनलाई ठूलो अपेक्षा थियो । तर, केही वर्षयता बलिउडमा देखापरेको संकटले उनको फिल्मलाई पनि सती लग्यो । १ सय ८० करोडमा बनेको यो फिल्मले लगानी पनि उठाएन ।

‘लाल सिंह चढ्ढा’ रिलिजपछि आमिरले अभिनयबाट सन्यास लिने चर्चा चलेको थियो । तर, उनले केही समयका लागि मात्र विश्राम लिने योजना बनाएका छन् । हालै एक कार्यक्रममा उनले भने, ‘म एउटा ब्रेक लिन चाहन्छु । म आफ्नो परिवारसँग रहन चाहन्छु । म आफ्नी आमा र बच्चासँग समय विताउन चाहन्छु ।’ उनले कति समयका लागि ब्रेक लिन खोजेको भन्ने चाहिँ खुलाएका छैनन् ।

यतिबेला आमिर खान नयाँ फिल्म ‘च्यापियन्स’को तयारीमा छन् । यसमा उनको सह-निर्माण रहनेछ । ‘यो एउटा गजबको स्क्रिप्ट हो । कहानी निकै सुन्दर छ । यसले हरेकको दिल छुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘म ‘च्यापियन्स’को निर्माण गर्नेछु किनकि म वास्तवमै फिल्ममा विश्वास राख्छु । मलाई लाग्छ कि यो राम्रो कथावस्तु हो ।’ उनी अभिनयसँगै फिल्म निर्माणमा पनि उतिक्कै सक्रिय छन् ।