Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिलन’को आइटम गीतमा शिल्पासँग सलोन र कुशलको डान्स

फिल्मीखबर, काठमाडौं, 2022/11/15

Solan Basnet, Kushal & Silpa Thapa

 

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई आक्रामक बनाउन सोमवार सार्वजनिक गरिएको ‘अलि अलि पिएपछि’ बोलको गीतमा फिल्मका तीन कलाकारहरु सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा क्लबमा नृत्य गर्दै देखिएका छन् । गीतमा शिल्पा बोल्ड अवतारमा प्रस्तुत छिन् ।

गीतमा बबिना किराती र कृष्ण केसीको युगल स्वर छ भने शब्द तथा संगीत फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राईको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यसअघि फिल्मको ‘तिम्रो इशारा काफी छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्मको ट्रेलर र पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

प्रविन थापा निर्माता रहेको फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको अभिनय छ । फिल्ममा राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन छ । काठमाडौं र कालिन्चोकमा खिचिएको फिल्मलाई दर्शकको साथ मिल्नेमा निर्माण टिम विश्वस्त छ ।