Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३०-४० प्रतिशत पारिश्रमिक घटाउन अक्षय तयार

एजेन्सी, मुम्बई, 2022/11/14

Slash prices': Akshay Kumar shares formula as Bollywood struggles to see  light of success | Mint

 

कोरोना महामारीभन्दा अगाडि हिटका ग्यारेन्टी मानिने बलिउड अभिनेता अक्षय कुमारका यस वर्ष लगातार एकपछि अर्को फिल्म असफल भइरहेका छन् । यस वर्ष उनको ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’ फिल्महरु प्रदर्शनमा आए र सबै फ्लप सूचिमा अटाए । वर्षौंपछि उनले आफ्नो फिल्म लगातार असफल भएको देखेका हुन् । जसले उनलाई निराश बनाएको छ ।

यस वर्ष आफ्ना चार फिल्म अपेक्षाकृत नचलेपछि अक्षयले पारिश्रमिकमा भारी कटौती गर्ने निर्णय गरेका छन् । एक फिल्मका लागि सय करोडदेखि एक सय ३५ करोडसम्म पारिश्रमिक लिँदै आएका उनले अब ३०-४० प्रतिशत पारिश्रमिक घटाउन लागेका हुन् । हिन्दुस्तान टाइम्सको लिडरसिप समिट इभेन्टमा साउथ सुपरस्टार राम चरणसँग पुगेका उनले पारिश्रमिक घटाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘म पारिश्रमिक ३०-४० प्रतिशत कम गर्न चाहन्छु । निर्माता र हल सञ्चालकले पनि यो बुझ्न जरुरी छ कि अहिले मन्दीको समय हो । दर्शकसँग मनोरञ्जनमा खर्च गर्नका लागि सीमित पैसा छ । अब सबै कुरा बदल्न आवश्यक छ ।’ दर्शकहरुले अलग खोजेकाले आफूहरुले बसेर विचार गर्नुपर्ने उनको भनाई छ । अब विगतमा भएका गल्ती दोहोर्‍याउन नहुने उनको तर्क छ ।

उनी अगाडि भन्छन्, ‘म पूरै अलग तरिकाले सुरुवात गर्न चाहन्छु र मैले यो गर्न सुरु गरिसकेको छु । हामीले बुझ्न आवश्यक छ कि दर्शकलाई के चाहिएको हो ।’ कोरोना महामारीपछि बलिउडमा ठूलो संकट देखापरेको छ । साउथ फिल्म भकाभक सुपरहिट हुँदा बलिउड फिल्म डुबेका डुब्यै छन् । बलिउडले हलिउडलाई पछ्याउन खोज्दा यो विकराल अवस्था आएको टिप्पणी हुने गरेको छ ।