Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘पासो’ ट्रेलर रिलिज, अपहरणकारीको कब्जामा रीस्ता र सुनिशा

फिल्मीखबर, काठमाडौं, 2022/11/13

sunisha and rista

 

महिला केन्द्रित फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लम्बाईको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ । अभिनेत्री रीस्ता बस्नेत बाकसभित्र कैद छिन् भने सुनिशा बजगाईंलाई हात-मुख बाँधेर यातना दिइएको छ । ट्रेलरले फिल्मप्रति आशा जगाएको छ ।

मंसिरको १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पुनको छ । भगवान भुजेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार राउत, सह-निर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ छन् ।

सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ । रीस्ताले छायांकन गर्दा निक्कै गाह्रो भएको अनुभव साटिन् । १० दिनसम्म एउटा बाक्साभित्र बसेर आफूले छायांकन गरेको उनको भनाई छ । आफ्नो भूमिका दर्शकलाई मनपर्नेमा उनी विश्वस्त छिन् । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा फिल्म बनेको हो ।