Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सोल अफ द कमाण्डो’ ट्रेलरमा राजकुमारको एक्सन, नरेन भिलेन

फिल्मीखबर, काठमाडौं, 2022/11/12

Rajkumar Rai And naren khadka

 

आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जंगल बचाउन एक आर्मीले तस्करसँग मोलेको दुश्मनीलाई देखाइएको छ । ट्रेलरमा अभिनेता राजकुमार राई एक्सन अवतारमा प्रस्तुत छन् भने अर्का अभिनेता नरेन खड्कालाई भिलेनको भूमिकामा देख्न सकिन्छ ।

युवराज (वीरबहादुर) राईको निर्देशनमा तयार भएको फिल्ममा राजकुमार र नरेनका अलवा शिशिर वाङ्ग्देल, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनिका राईको पनि अभिनय छ । फिल्ममा मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा तथा संवाद छ ।

राजकुमारको २४ वर्षपछि फिल्ममा कमब्याक गरेका हुन् । उनले सन् १९९८ मा फिल्म ‘कमाण्डो’मा अभिनय गरेका थिए । उनले फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् । सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल उनी तेक्वान्दो खेलाडी हुन् ।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता विजय एल राई, निर्माता मिलन राई, रवि थापा र धन लिम्बू छन् । फिल्ममा दिर्घ गुरुङको छायांकन, नकुल खड्काको सम्पादन, सिमोन राजबंशीको कोरियोग्राफी, एनबी महर्जन र सानु कुमार महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको हो ।