Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.88/5.00)
Text size:-
+
-

ओटीटीमा पनि ‘कबड्डी ४’ आक्रामक, एकसाथ हजारौंले हेरे

फिल्मीखबर, काठमाडौं, 2022/11/12

kabaddi 4 news

 

हल रिलिजमा सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमार्फत् डिजिटल प्रमियर भएको छ । हलमा हप्तौंसम्म एकछत्र राज गरेको यो फिल्म ओटीटीमा पनि आक्रामक देखिएको छ । डिजिटल प्रिमियर भएको पहिलो दिनमै फिल्मले एपमा ऐतिहासिक व्यापार गरेको सिनेमाघरका संस्थापक सागर खरेलले जानकारी दिए ।

सञ्चालक खरेलले भने, ‘हिजो केही समय त हामीलाई दर्शकको चाप नै थाम्न मुश्किल भएको थियो । एकसाथ हजारौं दर्शकहरुले फिल्म हेर्दा हाम्रो सर्भरमा समस्या उत्पन्न हुन पुगेको थियो । अपेक्षा गरेभन्दा धेरै दर्शकहरुले एप एकसाथ प्रयोग गरेपछि सर्भर डाउन हुनबाट बचाउन हामीलाई हम्मेहम्मे नै पर्‍यो । त्यसपछि सर्भर अपग्रेड गरेर लाखौँ दर्शकले एकैपटक हेर्न सक्ने बनायौँ ।’

सिनेमाघर एपमा विज्ञापनरहित सःशुल्क र विज्ञापन हेरेर सिनेक्वाइन जम्मा गरि ‘कबड्डी ४’ निःशुल्क हेर्न पाइने सञ्चालक खरेलको भनाई छ । सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षणमा व्यापकता आएको बताएका छन् । पहिलो दिन देखिएको दर्शकको चापले सिनेमाघरमा फिल्मले ठूलो कमाई गर्नेमा लामिछाने विश्वस्त छन् ।

सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध छ भने क्रोमकास्ट प्रविधिको प्रयोग गरि विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न मिल्ने सुविधा छ । २०१६ देखि यो एप सञ्चालनमा आएको हो ।