Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दृश्यम २’मा ‘सिआइडी’को टिम

एजेन्सी, मुम्बई, 2022/11/11

सीआईडी टीम, दृश्यम 2

 

विजय सलगांवकर बनेर एकपटक फेरि अभिनेता अजय देवगन पर्दामा देखिँदैछन् । उनी अभिनीत फिल्म ‘दृश्यम २’ आगामी हप्ता (१८ नोभेम्बर) बाट प्रदर्शनमा आउँदैछ । यसको पहिलो श्रृंखला बक्सअफिसमा सुपरहिट भएको थियो । अभिषेक पाठक निर्देशित यो फिल्म मलयालम सुपरस्टार मोहनलाल अभिनीत ‘दृश्यम’को हिन्दी रिमेक हो । मलयालममा यो फिल्मको दुवै श्रृंखला हिट छ ।

चर्चित टीभी सिरियल ‘सिआइडी’को टिम पनि हिन्दी रिमेक ‘दृश्यम २’मा देखिने भएको छ । एसीपी प्रद्युमनको टिम फिल्ममा स्पेशल इन्भेस्टिगेशनको रुपमा रहेको बताइएको छ । एसीपी प्रद्युमन (शिवाजी साटम), इन्स्पेक्टर दया (दयानन्द शेट्टी) फिल्ममा गेस्ट रोलमा देखिनेछन् । फिल्ममा ‘सिआइडी’को टिम आईजी मीराको छोराको हत्याको अनुसन्धानमा सहयोग गरेको देखिनेछ ।

क्राइम-सस्पेन्स जनराको यो फिल्ममा अजयसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधवको पनि मुख्य भूमिका रहेको छ । फिल्म एकपटक फेरि २ र ३ अक्टोबरको वरिपरी घुम्नेछ । बिल्स, सीडी र स्वामी चिन्मयानन्दको महासत्संगसँग जोडिएको राजमा फिल्म केन्द्रित छ । सार्वजनिक ट्रेलरमा विजय सलगांवकर (अजय देवगन) र उसको परिवार समस्यामा परेको देखाइएको छ ।