Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनोद चौधरीलाई जिताउन हिँडेपछि आयोगले भुवन केसीलाई सोध्यो स्पष्टीकरण

फिल्मीखबर, काठमाडौं, 2022/11/10

bhuwan kc

 

सरकारी संस्थामा कार्यरत व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नहुने निर्वाचन आचारसंहिता विपरित नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको प्रचार-प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग स्पष्टीकरण सोधेको छ ।

‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचार-प्रसार गर्नुभएको होईन भन्ने प्रमाण के छ ?,’ आयोगले अध्यक्ष केसीलाई पत्र काट्दै सोधेको छ । उम्मेदवारको प्रचार-प्रसारमा सहभागी भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने भनेर पनि आयोगले केसीसँग स्पष्टीकरण मागेको छ ।

सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचार-प्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही हुनसक्ने अवगत गराउँदै आयोगले कारवाही किन हुनु नपर्ने भनेर पनि केसीसँग जवाफ मागेको छ । बुधवार नवलपरासीमा भएको विनोद चौधरीको चुनावी सभामा भुवन सहभागी भएका थिए ।

भुवन केसी स्थानीय तह निर्वाचनको संघारमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसको टीका लगाएको केही महिनामा उनले चलचित्र विकास बोर्डको कुर्सी सम्हाल्ने जिम्मा पाएका थिए । कांग्रेस प्रवेश गरेको उपहार स्वरुप उनले बोर्ड अध्यक्षको कुर्सी पाएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । उनी विनोद चौधरीको आग्रहमा चुनावी सभामा सहभागी भएको स्रोत बताउँछ ।