Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डेसान’ टिजरमा कामुक नम्रता

फिल्मीखबर, काठमाडौं, 2022/11/10

namrata sapkota

 

मंसिर २३ गतेबाट प्रदर्शन आउन लागेको कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टिजरमा पारिवारिक सम्बन्ध, अइच्छा र अविश्वासका कारण दाम्पत्य सम्बन्धमा आउने खटपटको विषयलाई प्रस्तुत गरिएको छ । अभिनेत्री नम्रता सापकोटाको भूमिकाले फिल्मप्रति दर्शकको कौतुहलता बढ्ने देखिन्छ ।

फिल्ममा भोलाराज सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरको पनि अभिनय छ । पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा राजु काउचाको कथा, निर्देशक मगरको पटकथा/संवाद, चक्रबहादुर महर्जनको छायांकन, अजय स्याङतेनको नृत्य निर्देशन, मिलन श्रेष्ठले सम्पादन छ ।

टिजर रिलिज कार्यक्रममा निर्देशक कमलले कोरोना महामारीको निकै सकसपूर्ण अवस्थामा फिल्मको छायांकन सम्पन्न गरेको स्मरण गरे । कोरोनाकालमा सबैतिर अन्योलको वातावरण रहेको बेला आफूले जोखिम मोलेर छायांकन गरेको उनको भनाई छ । फिल्ममा नेपाली समाजको वास्तविक कथालाई उठान गरेको बताउँदै उनले दर्शकलाई मनोरञ्जनको कुनै कमी नहुने दाबी गरे ।

अभिनेत्री सापकोटाले कोरोना संक्रमण उत्कर्षमा रहेको समयमा छायांकन गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए पनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा सबै दुःख-पीडा भुलेको बताइन् । उनी फिल्ममा आफ्नो भूमिका केही नौलो र अलग रहेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त छिन् । यो फिल्मको वितरण अधिकार एफडी कम्पनी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले लिएको छ ।