Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचललाई ‘झिंगेदाउ’ले राहत, अब ‘वर एन्ड वधु’को आश

फिल्मीखबर, काठमाडौं, 2022/11/09
aachal sharma
 
अभिनेत्री आँचल शर्माको करिअर उतारचढावपूर्ण छ । उनी कहिले हिट त कहिले फ्लप फिल्मको साक्षी बनेकी छन् । उनको डेब्यू फिल्म ‘नाईं नभन्नू ल ४’ सफल भएको थियो भने दोस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ फ्लप भयो । तेस्रो फिल्म ‘शत्रु गते’ले उनलाई पुनः सफलताको सुःख दियो । तर, चौंथो फिल्म ‘ब्ल्याक’ टाँट पल्टियो । फेरि पाँचौं फिल्म ‘दाल भात तरकारी’ सुपरहिट सावित भयो । 
 
तर, फिल्म हिट हुँदा पनि उनले त्यसको श्रेय पाउन सकेकी थिइनन् । किनकि, उनका हिट फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो जत्था थियो । र, सफलताको क्रेडिट पनि अरु नै कलाकारको पोल्टामा पर्‍यो । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘झिंगेदाउ’ले भने आँचललाई ठूलो राहत दिएको छ । केकी अधिकारी र आँचलले नै फिल्म बोकेकाले त्यसको सफलताको श्रेय पनि दुवैले पाए ।
 
‘झिंगेदाउ’बाट आँचलले पहिलो पटक अभिनयको प्रशंसा पनि कमाइन् । फिल्ममा उनको अभियन लाउड भएता पनि अस्वभाविक भने थिएन । हलमा दर्शक हँसाउने जिम्मा नै निर्देशकले उनले निर्वाह गरेको चरित्रलाई दिएका थिए । र, उनी आफ्नो चरित्रमा खरो रुपमा उत्रिएकी थिइन् । उक्त फिल्मको सानदार सफलताले उनको संकट र अन्योलग्रस्त करिअरलाई धेरै हदसम्म बचाएको छ ।
 
अब अभिनेत्री शर्मालाई आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एन्ड वधु’बाट ठूलो आशा छ । यो फिल्म पनि व्यवसायिक रुपमा सफल भए उनका लागि यस वर्ष फलिफाप सिद्ध हुनेछ । र, वर्षकै सर्वाधिक सफल नायिका बन्नेछिन् । आगामी नयाँ वर्षमा भने उनी अभिनीत फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्म हिट हुनेमा दुईमत छैन ।