आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ फर्स्टलुक सार्वजनिक भएसँगै चर्चामा छ । पोस्टरले नै आशा जगाएको यो फिल्मको चार दिन लगाएर ‘चार घण्टा कुरेको’ बोलको डान्सिङ गीत छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा भव्य सेट तयार गरेर खिचिएको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेका छन् ।
.jpg)
ठूलो खर्चमा तयार भएको गीतमा रामजी लामीछानेको कोरियोग्राफी छ । दीपक शर्माको शब्द रचना र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् । फिल्मीखबरलाई प्राप्त गीत छायांकनका तीन तस्विरमा उल्लेख्य संख्यामा कोरस डान्सर देखिएका छन् भने आर्यन र उपासनालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । तस्विरमा उनीहरुको केमेस्ट्री गजब सुहाएको छ ।
.jpg)
भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । यस फिल्ममा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।
.jpg)
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको दृश्य सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

