Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमको जात हुँदैन भन्ने भाव बोल्ने ‘निरमाया’ गीत

फिल्मीखबर, काठमाडौं, 2022/11/04
NIRMAYA
 
रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायाको रंग हुँदैन’ बोलको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर छ भने उत्तम भेटुवालको शब्द रचना र रिमेश कुमारको संगीत छ । प्रेमको जात र रंग हुँदैन भन्ने भाव बोलेको गीतको भिडियोमा फिल्मका कलाकारहरु जेवी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेल फिचरिङ छन् ।
 
मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य गरेको फिल्मले नेपाली समाजलाई कुरुप बनाएको जातीय विभेदको विषय उठाएको छ । अनन्त प्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, अनिता केसी, रमेश अधिकारी, जे.एन. घिमिरे, गोपाल ढकाल, रामबाबु रेग्मी, दीपक अधिकारी, सम्झना अधिकारीलगायतको पनि अभिनय छ ।
 
महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्ममा राम कुमार केसीको कथा, अजित लामिछानेको पटकथा/संवाद, रवि कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व निर्देशन, कमल अधिकारी र रिमेश कुमारको संगीत छ ।