Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष १५ देखि प्रियंका-आयुष्मानको ‘चि मुसी चि’

फिल्मीखबर, काठमाडौं, 2022/11/04
CHI MUSI CHI
 
रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनीत फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई प्रदर्शन मिति तोकिएको हो । यो फिल्मको बक्सअफिसमा अभिनेता आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ र अभिनेत्री ऋचा शर्माको ‘कौसीद’सँग भिडन्त हुनेछ । 
 
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा प्रियंका र आयुष्मानको अलावा ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मले नेपालमा हरर तथा थ्रिलर जनरामा नयाँ ट्रेन्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीको विश्वास छ । यस फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । 
 
नेपाली र बलिउडका प्राविधिकहरुले काम गरेको फिल्मले दर्शकलाई फरक र नयाँपन महसुस गराउने निर्देशक जेम्सले बताए । फिल्ममा रिञ्जु केसी र अरुण चक्रावर्तीको संयुक्त लगानी छ । डिसिएनले देशव्यापी वितरण गर्ने फिल्मको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । पहिलो पटक प्रियंका, ऋचा र बेनिशालाई पर्दामा हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।