Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नम्बरी सुन’बाट कमब्याक गर्दै आमेश

फिल्मीखबर, काठमाडौं, 2022/11/03
amesha bhandari
 
अभिनेता आमेश भण्डारीको फिल्मी करिअर खासै सुखद् बन्न सकेको छैन । डेब्यू फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ होस् वा पछिल्लो रिलिज फिल्म ‘मेला’, कुनैले उनलाई सफलताको सुःख दिन सकेनन् । आफूले काँधमा बोकेका फिल्महरु असफल हुन नरोकिएपछि उनले करीब ५ वर्ष फिल्मबाट नै दूरी बनाए । अब भने उनले आफ्नो कमब्याक फिल्मको टुंगो लगाएका छन् ।
 
राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’मा आमेशले अभिनय गर्न लागेका हुन् । विहीवार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । सम्झौता पत्र आदान-प्रदानको तस्विरमा आमेशले एक लाखको पैसाको विटो पनि समातेको देखिन्छ । उनले फिल्मको कथावस्तु बलियो भएका कारण काम गर्न लागेको बताएका छन् । मंसिर ७ गतेबाट फिल्म फ्लोरमा निस्कनेछ ।
 
फिल्ममा राजेन्द्र खड्गीको पनि अभिनय रहनेछ । फिल्मका लागि अन्य कलाकारको चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । निर्माता खातीकै कथा तथा गीत लेखन रहेको फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । लमजुङ, हेटौंडा र काठमाडौँमा फिल्मको छायांकन हुनेछ ।