Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनको ‘मिलन’ रिलिज सर्‍यो, अब मंसिर ९ मा

फिल्मीखबर, काठमाडौं, 2022/10/30
movie milan
 
अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’को प्रदर्शन मिति धकेलिएको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर समेत सार्वजनिक गरिसकिएको यो फिल्म अब मंसिर ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । कात्तिक १८ मा अर्को फिल्म ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र केही प्राविधिक कारणले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए । 
 
फिल्मको रिलिज सार्नुको कारणबारे निर्देशक राईले भनेका छन्, ‘एकै मितिमा दुईवटा फिल्म भिड्दा फिल्म क्षेत्र नै धरासायी बन्दै जान्छ । त्यसैले हामीले अग्रजको आग्रह र सल्लाह बमोजिम नै रिलिज सारेका हौं । साथै, हाम्रा फिल्मका नायक कुशल शाह ठकुरी डेंगुका कारण अस्वस्थ भएकाले पनि रिलिज पछाडि धकल्ने निर्णय गरेका हौं । अब मंसिर ९ गतेबाट भने फिल्म सर्दैन ।’
 
कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ । कुशल, सलोन र शिल्पाबीचको मित्रता र प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित छ । यसअघि सार्वजनिक ‘मिलन’को ट्रेलरले दर्शकको ध्यान तानेको छ ।
 
फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन भएको फिल्मको निर्मातामा प्रविन थापा रहेका छन् । यस फिल्मबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।