Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा चम्कियो ‘महापुरुष’

फिल्मीखबर, काठमाडौं, 2022/10/30
नेपाली फिल्मलाई कमाईको हिसाबमा चाडपर्वको विदा फलिफाप सिद्ध हुने गरेका छन् । यस वर्ष दशैं र तिहारमा प्रदर्शन भएका फिल्मको सफलताले पनि यो प्रमाणित गर्छ । दशैंका दुई फिल्म ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ व्यापारिक रुपमा सफल हुँदा तिहार छेकोमा रिलिज भएको ‘के घर के डेरा’ र छठको विदा छोपेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ बक्सअफिसमा चम्किएको छ ।
 
काठमाडौं, चितवन र पूर्वाञ्चलको प्रिमियरमा वाहवाही कमाएको ‘महापुरुष’ले प्रदर्शनको पहिलो दिनदेखि आक्रामक कमाईलाई यथावत् राखेको छ । काठमाडौं र मोफसलका सिंगल स्क्रिन तथा मल्टीप्लेक्समा दर्शकहरुको चाप उच्च देखिएको छ भने बलियो ‘वर्ड अफ माउथ’ले हल पुग्ने दर्शकको संख्या बढ्दो छ । विशेषगरि परिवारसहित फिल्म हेर्ने दर्शकहरुको संख्या उल्लेख्य छ ।
 
mahapurus - movie
 
पहिलो दिन एक करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड छोप्यो । दुई दिनमै साढे २ करोड ग्रस कमाई गरेको फिल्मले आइतवार छठको विदामा पनि एक करोड छाप्ने आँकलन छ । किनभने, आइतवार विहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिनहरुमा फिल्म हाउसफुल छ । फिल्मको कमाईको गति हेर्दा पहिलो हप्तामै निर्माताको लगानी सुरक्षित हुने देखिन्छ ।
 
‘महापुरुष’को इनिसियल व्यापार आक्रामक हुनमा तीन ठाउँको प्रिमियरमा मिलेको जबर्जस्त प्रतिक्रिया, बलियो स्टारकास्ट, ट्रेलरले बढाएको कौतुहलता, आक्रामक प्रचारको ठूलो योगदान छ । अब भने फिल्मले ‘वर्ड अफ माउथ’को आधारमा बक्सअफिसमा आफ्नो यात्रा कोर्नेछ । हरेक वर्गका दर्शकबाट उम्दा प्रतिक्रिया मिलेका कारण यो फिल्मले लामो यात्रा गर्ने सम्भावना बलियो छ । 
 
हिट फिल्ममा ह्याट्रिक गरिसकेका प्रदीप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली,रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् ।