Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोराको पिता बने गायक तथा नायक प्रकाश सपुत

फिल्मीखबर, काठमाडौं, 2022/10/30
prakash saput
 
गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । शनिवार साँझ काठमाडौं मोडल अस्पतालमा उनकी श्रीमती विन्दू बोहोराले छोरालाई जन्म दिएकी हुन् । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलवार साँझसम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । यसअघि एक छोरीको पिता भइसकेका सपुत घरमा छोराको आगमन भएकोमा खुसी छन् । 
 
सपुत अहिलेका सुपरस्टार गायक हुन् । उनले जुन गीत छोए पनि हिट हुने गरेका छन् । उनले गाएका ‘गलबन्दी’, ‘बोल माया’, ‘मेरो पनि हैन र यो देश ?’, ‘पिर’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’ जस्ता गीतहरु चर्चित छन् । उनलाई गीतमार्फत् समाजभित्रका कथा बोल्ने गायक भन्ने गरिन्छ । उनी अभिनयमा पनि सक्रिय छन् । सपुतले सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका छन् । 
 
छोटो समयमै गायन क्षेत्रमा ठूलो ‘नेम र फ्रेम’ बनाएका गायक सपुतले फिल्ममा समेत डेब्यू गरिसकेका छन् । उनले नायक भएर अभिनय गरेको फिल्म ‘परदेशी २’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनलाई अन्य कयैन् फिल्मबाट समेत प्रस्ताव आउने गरेका छन् । तर, उनी आफ्नो डेब्यू फिल्म प्रदर्शनमा नआउँदासम्म अरु फिल्म साइन नगर्ने मनस्थितिमा छन् ।