Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तस्विरमा कलाकारहरुको भाइटीका

फिल्मीखबर, काठमाडौं, 2022/10/27
rekha thapa
 
आज नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका ।  यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने गर्छन् । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ ।
 
pooja sharma
 
नेपाली फिल्मका कलाकारहरुले पनि दाजु-भाई र दिदी-बहिनीबाट भाइटीका लगाएका छन् । चर्चित अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी, पूजा शर्मा, साम्राज्ञी आरइल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, उषा पौडेल, रिमा विश्वकर्मालगायतले आफ्ना दाजु-भाईलाई भाइटीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै तिहारको शुभकामना समेत व्यक्त गरेका छन् । 
 
anmol kc
 
त्यस्तै, अभिनेताहरु अनमोल केसी, दीपकराज गिरी, रमेश उप्रेती, निर्मल शर्मा, सन्दिप क्षेत्री, केदार घिमिरे, संजोग कोइराला, किरण केसी, यश कुमार, शोभित बस्नेतलगायतले दिदी-बहिनीसँग भाइटीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा राखेका छन् । दिदी-बहिनीले दाजु-भाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने प्रचलन रहेको छ ।
 
barsha raut
 
barsha siwakoti
 
deepakraj giri
 
kedar ghimire
 
keki adhikari
 
kiran kc
 
nirmal sharma
 
ramesh upreti
 
rima biswokarma
 
sam shah
 
sandeep cheerti
 
sanjog koirala
 
shovit basnet
 
usha paudel
 
yes kumar