Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘तिम्रो मेरो साथ’ गीतमा पुष्प र साम्राज्ञीको छमछम

फिल्मीखबर, काठमाडौं, 2022/10/24
फिल्म ‘मारुनी’पछि अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहबीच दोस्रो सहकार्य भएको फिल्म ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । लक्ष्मी पूजाको अवसर पारेर सोमवार बोधी एचडी यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य गरेका छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । 
 
samragyee RL Shah and Puspa Khadka
 
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ भने कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ । भिडियो हेर्दा निर्माताले गीतलाई स्तरीय बनाउन खर्चमा कन्जुसाईं गरेको देखिन्न । जगदिश समाल र मेलिना राईको स्वर कर्णप्रिय छ भने वि पाण्डेले लेखेका शब्दहरु मुखमा झुन्डिने खालका छन् । सुभाष भुषालको संगीत पक्ष उत्कृष्ट छ ।
 
‘रज्जा रानी’ र ‘रूद्रप्रिया’ फिल्मका निर्माता रमेश एमके पौडेलले पहिलो पटक निर्देशन गरेको यो फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । 
 
फिल्ममा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन र योगेश काजीको पनि संगीत छ ।