Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभित बस्नेतको निर्माणमा बन्ने ‘जय हो’मा सलोन

फिल्मीखबर, काठमाडौं, 2022/10/24
salon basnet
 
निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा फिल्म ‘जय हो’ बन्ने भएको छ । तिहारको अवसर पारेर सोमवार लक्ष्मी पूजाको दिन निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेको हो । आगामी माघबाट छायांकन थालिने फिल्ममा शोभित प्रस्तुतकर्तामा रहेका छन् भने मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत अनुबन्ध भएका छन् । फिल्ममा अर्का एक अभिनेता र अभिनेत्री पनि रहनेछन् ।
 
प्रस्तुतकर्ता बस्नेतका अनुसार, फिल्मका लागि अन्य चरित्रमा नाम चलेका कलाकारलाई साइन गर्ने तयारी भइरहेको छ । फिल्मका लागि निर्देशक पनि फाइनल भइसकेका छैनन् । केही दिनमा निर्देशकसहित बाँकी कलाकार छनोट हुने निर्देशक बस्नेतले बताए । सुरेश न्यौपानेले फिल्मको कथा लेखिरहेका छन् । फिल्मलाई राज के अधिकारी र सुरज सरकारले संयुक्त रुपमा निर्माण गर्नेछन् । 
 
jay ho
 
सलोन-सलिना फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्म एक्सन-लभस्टोरी कथामा निर्माण हुनेछ । यस फिल्मको एक गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ भने अन्य गीतमा संगीतकार फाइनल हुन बाँकी रहेको शोभित बस्नेतले बताए । काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन हुने फिल्मको केही प्रतिशत छायांकन भने अष्ट्रेलियामा पनि गर्ने तयारीमा निर्माण टिम रहेको छ ।