Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘तिम्रो मेरो साथ’ पोस्टर : सर्टलेस पुष्पको अंगालोमा साम्राज्ञी

फिल्मीखबर, काठमाडौं, 2022/10/23
Poster--Timro-mero-sath
 
निर्माता रमेश एमके पौडेल निर्देशित पहिलो फिल्म ‘तिम्रो मेरो साथ’को एक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर आइतवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह स्विमिङ पुलमा हट अवतारमा प्रस्तुत छन् । स्विमिङ सुट लगाएकी साम्राज्ञीलाई सर्टलेस पुष्पले आफ्नो अंगालोमा कसेको देख्न सकिन्छ ।
 
आगामी पुष २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मको पहिलो गीत लक्ष्मीपूजाको अवसर पारेर सोमवार सार्वजनिक हुँदैछ । फिल्ममा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालको अभिनय छ भने विशेष भूमिकामा ध्रुव दत्तले अभिनय गरेका छन् । पुष्प र साम्राज्ञीले यसअघि फिल्म ‘मारुनी’मा एकसाथ काम गरेका थिए । 
 
‘तिम्रो मेरो साथ’मा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस फिल्मको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन र योगेश काजीको संगीत छ ।