Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा ‘नालापानी’ भर्सेस ‘के घर के डेरा’

फिल्मीखबर, काठमाडौं, 2022/10/21
झिलिमिली पर्व तिहारको छेको पारेर शुक्रवारबाट दुई फिल्म ‘नालापानी’ र ‘के घर के डेरा’ले प्रदर्शन आरम्भ गरेका छन् । फरक विषयवस्तु र शैलीका यी दुई फिल्मले तिहार र छठको एक हप्ता लामो सार्वजनिक विदामा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ । दुई फिल्ममध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्सहरुमा उच्च शो हात पारेको छ भने ‘नालापानी’ले पनि सन्तोषजनक शो पाएको छ ।
 
यी दुई नेपाली फिल्मलाई मल्टीप्लेक्समा हलिउडका चर्चित अभिनेता ड्वेन जोन्सन अभिनीत फिल्म ‘ब्ल्याक एडम’ चुनौती ठूलो बन्न सक्ने देखिन्छ । हलिउड फिल्मका पाखरीमाझ प्रतिक्षीत रहेको यो फिल्मले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । यो अवस्थामा दुई घरेलू फिल्मलाई बक्सअफिसमा आफ्नो रफ्तार समात्नका लागि बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । 
 
nalapani and k ghar k dera
 
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमाथि निर्माण भएको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।
 
यो फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड) लगायतको अभिनय रहेको छ ।
 
त्यस्तै, दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । यस फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । 
 
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । ‘जात्रै जात्रा’पछि दयाहाङ र विपिनको जोडीलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई रोचक हुनेछ ।