कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेन्डको ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ । ट्रेलरको एक दृश्यमा पुलिसको भूमिकामा रहेका कलाकार बुद्दि तामाङ एक्सन गर्दै देखिएका छन् ।
फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा लगायतको पनि अभिनय छ । राजेन्द्र खड्गीले लामो समयपछि फिल्ममा कमब्याक गरेका हुन् ।
आरएल लामा मोक्तान निर्देशित यस फिल्मको निर्माता आर सोनम मोक्तान र लंकामाया मोक्तान, कार्यकारी निर्माता जीवन लामा, सह-निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् । फिल्ममा रामेश्वर हुमागाईको छायांकन, विकास चौधरीको संगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व छ ।

