Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

बोर्डका पूर्वअध्यक्ष राई भन्छन्, ‘म हुन्थेँ भने ‘प्रेमगीत ३’लाई नेपालमा हिन्दीमा चल्न दिने थिइनँ’

फिल्मीखबर, काठमाडौं, 2022/10/20
rajkumar rai
 
चलचित्र विकास बोर्डको पूर्वअध्यक्ष तथा निर्माता राजकुमार राईले फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबले नेपाली फिल्मको सरह सेवा-सुविधा पाएकोमा आपत्ति जनाएका छन् । उनले आफू बोर्ड अध्यक्षमा भएको भए फिल्मको हिन्दी डबलाई नेपालमा प्रदर्शन गर्नै नदिने समेत बताएका छन् । यसखालका गतिविधिले नेपाली फिल्म क्षेत्रलाई दीर्घकालिन रुपमा ठूलो असर पुग्ने उनको भनाई छ । 
 
बुधबार काठमाडौँमा परिवर्तन नेपालद्वारा आयोजित निर्माता संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा राईले भने, ‘विश्व बजारमा ‘प्रेमगीत ३’ले बजार खोजेको छ, त्यसमा उनीहरु धन्यवादको पात्र छन् । तर, नेपालमा हिन्दी भाषामा डबिङ्ग गरेर हामीले हेर्नुपर्ने बाध्यता नियमले मिल्दैन । म बोर्ड अध्यक्ष थिएँ भने त्यस फिल्मलाई हिन्दीमा नेपालमा चल्नै दिन्न थिएँ ।’
 
कुनै फिल्मले आधुनिकता तथा बजार खोजेको वा विस्तार गरेको भन्दैमा राज्यको नीति तथा भाषा-संस्कृतिलाई नहेर्ने हो भने नेपाली फिल्म उद्योग नै नरहने उनको तर्क छ । निर्माता संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमारले बंगलादेश, पाकिस्तान र श्रीलंकाका फिल्म उद्योगहरु भारतले सखाप बनाएको बताउँदै अब नेपाली फिल्मको पालो आएकाले यो कुरा फिल्मकर्मीले बुझ्नु पर्ने बताए ।
 
त्यस्तै, निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्मलाई एक साता अगाडि नै सेन्सर सिफारिस लिनुपर्ने बोर्डको नियमको समर्थन र प्रशंसा गरे । उनले यो नियम हटाउन नहुने पनि बताएका छन् । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले फिल्मले राष्ट्र र राष्ट्रियताका सार्थ भाषाको पनि जगेर्ना गर्ने भएको हुँदा त्यसमा पछिल्लो समयमा यसमा खेलवाड हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।