अहिलेको समयमा फिल्म बनाउनभन्दा दर्शकसम्म फिल्मको जानकारी पुर्याउन सबैभन्दा बढी मिहिनेत गर्नुपर्छ । यसका लागि मेकरहरुले अनेक उपाय अपनाइरहेका हुन्छन् । कसैले सांगीतिक कार्यक्रमको साहरा लिन्छन् भने कसैले केही प्रतियोगिता आयोजना गरेर दर्शक आकर्षित गर्दै आएका छन् । पछिल्लो समय दर्शकसम्म पुग्ने एउटा गतिलो माध्यम टिकटक बनेको छ ।
फिल्मलाई दर्शकको ठूलो वर्गमा पुर्याउन रिलिज उन्मुख फिल्महरुले गीत तथा अन्य कन्टेन्टमाथि टिकटक प्रतियोगिता आयोजना गर्ने गरेका छन् । यसैक्रममा, यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा’ले पनि दर्शकलाई लोभ्याउनका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन फिल्मको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।
.jpg)
डेरामा बस्दाको समस्या बोल्ने गीतमाथि टिकटक बनाएर आफ्नो फेसबुक वालमा शेयर गर्नुका साथै फिल्मको लाइक पेजमा ट्याग गर्नुपर्ने, फिल्मको लाइक पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो फिल्मको पेजमा इनबक्स (म्यासेज) गर्नुपर्नेछ । त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार पुरस्कार प्राप्त गर्ने निर्देशक दीपेन्द्र के. खनालले बताए ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्या उठान गरेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

