Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ र ‘लण्डन टू पेरिस’सँग भिड्ने भयो ‘फूलबारी’

फिल्मीखबर, काठमाडौं, 2022/10/19
fulwari movie
 
यस वर्षको फागुन पहिलो साता हेवीभेट कलाकारहरुको फिल्मबीच भिडन्त हुने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेकाले फागुन ५ गते शुक्रवारका लागि दुई फिल्म ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को मल्टीस्टारर फिल्म ‘फूलबारी’ पनि प्रदर्शन हुने तय भएको छ । 
 
रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले मंगलवार फागुन ५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको फिल्ममा मुख्य भूमिका रहेको छ । यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । 
 
कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणीराम पोखरेल छन् । ‘कबड्डी ४’को ऐतिहासिक सफलतापछि निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईबीच सहकार्य भएकाले ‘फूलबारी’ प्रतिक्षीत बनेको छ ।