Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ६’बाट निखिल र सञ्चिताका छोराको डेब्यू पक्का

फिल्मीखबर, काठमाडौं, 2022/10/18
nikhil upreti and sanchita lauitel'son
 
सुपरस्टार निखिल उप्रेती र सञ्चिता लुईंटेलले हिँडेको बाटोमा उनीहरुका छोराले पनि पाइला चाल्ने भएका छन् । उनीहरुका छोरा अथर्व उप्रेतीले फिल्ममा डेब्यू गर्न लागेका हुन् । यही बिहीवारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’मा उनले बाल कलाकारको रुपमा अभिनय गर्दैछन् । फिल्ममा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । 
 
अथर्वको दशैं र तिहारको विद्यालय विदा पारेर निर्देशक विकासराज आचार्यले फिल्मको छायांकन सुरु गर्न लागेका हुन् । प्राप्त जानकारी अनुसार, निर्देशक आचार्यले निखिल र सञ्चितासँग नभइ सिधै अथर्वसँग फिल्मको कुरा गरेका थिए । उनले पनि अभिनय गर्ने इच्छा देखाएपछि निखिल र सञ्चितासँगको सहमतिमा आचार्यले अथर्वलाई ‘नाईं नभन्नू ल ६’मा अभिनय गराउन लागेका हुन् । 
 
‘नाईं नभन्नू ल’को दोस्रो श्रृंखलादेखि अनुभव रेग्मी बाल कलाकारको रुपमा देखिँदै आएका थिए । तर, अहिले उनी हर्लक्क बढेका कारण बाल कलाकारको रुपमा अभिनय गर्न नसुहाउने भएपछि नयाँ बाल कलाकार खोज्ने क्रममा निर्देशक आचार्यको आँखा निखिल र सञ्चिताको छोरामा गएको थियो । ‘स्टार किड्स’ अथर्व भित्रिएसँगै ‘नाईं नभन्नू ल ६’को प्रतिक्षा दर्शकमा थप बढेको छ ।
 
यो फिल्ममा अभिनेत्री आँचल शर्माको जोडीको रुपमा आर्शिवाद देखिनेछन् । फिल्ममा अनुभव रेग्मीको केमियो भूमिका रहनेछ भने योगिशा खत्रीसहित अन्य बाल कलाकारको पनि अभिनय रहने बताइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मलाई कात्तिक महिनामा सम्पूर्ण छायांकन गरेर आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।