Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिलन’ ट्रेलर रिलिज, शिल्पासँग बसेको कुशल र सलोनको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/10/17
movie milan
 
कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको प्रेममा आउने विभिन्न उतार-चढावलाई प्रस्तुत गरिएको छ ।
 
युवापुस्ताको प्रेमकथा र वियोग रुचाउने वर्गलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ । ट्रेलरको सुरुवातमा समावेश गीतको एक अंशमा कालिन्चोकको दृश्य मनमोहक छ भने केही संवाद मनछुने छन् । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ ।
 
movie milan
 
फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन भएको फिल्मको निर्मातामा प्रविन थापा रहेका छन् । यो फिल्मबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।