Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

डेरावालाको समस्या बोल्ने ‘के घर के डेरा’को गीत

फिल्मीखबर, काठमाडौं, 2022/10/17
BIPIN KARKI
 
तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज भएको छ । सोमवार रिलिज भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । गीतका शब्दहरु रमाइलासँगै यथार्थपरक छन् । 
 
‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । 
 
सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । काठमाडौंमा घर हुने र डेरामा बस्नेको समस्यालाई फिल्मले रोचक ढंगले उठान गरेको छ ।