.jpg)
नवल नेपाल निर्देशित तथा पूनम गौतम निर्मित फिल्म ‘मारुनी’ले अमेरिकामा अवार्ड जितेको छ । अमेरिकाकी शहर कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको हो । उक्त अवार्ड थाप्नका लागि यसै साता निर्मात्री गौतम अमेरिका पुगेकी थिइन् । यो अवार्डले आफूलाई अझ हौसला थपेको पूनमको भनाई छ ।
उनले भनिन्, ‘हामी चाँडै अर्को फिल्म बनाउँदैछौं । जुरी, आयोजक र दर्शकबाट पाएको प्रतिक्रियाले काम गर्न थप जोश मिलेको छ ।’ ‘मारुनी’ समलिङ्गी प्रेमकथामा आधारित भएर निर्माण भएको थियो । समीक्षक र दर्शकलाई राम्रो प्रतिक्रिया पाएको फिल्मले घरेलू बजारमा व्यापार पनि सन्तोषजनक गरेको थियो । फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।
पूनमले केही हप्ता अगाडि फिल्मीखबरसँगको कुराकानीमा आफूले ‘मारुनी २’सहित दुई फिल्म बनाउन लागेको बताएकी थिइन् । उनका अनुसार, दुवै फिल्मलाई उनले नै निर्देशन गर्नेछिन् । यतिबेला दुवै फिल्मको स्क्रिप्टमा काम भइरहेको उनको भनाई थियो । अमेरिकाबाट फर्केपछि उनले दुईमध्ये एक फिल्मको घोषणा गर्दैछिन् । ‘मारुनी’ अघि उनले ‘अझै पनि’को निर्माण गरेकी थिइन् ।

