Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लाखे’को आइटम गीतमा अनुप र आर्यनको डान्स

फिल्मीखबर, काठमाडौं, 2022/10/16
Saugat Malla, Arpan Thapa, Aaryan Adhkari
 
आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको विश्वज्योति हलमा आइतवार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता द्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् । 
 
गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको युगल स्वर रहेको छ भने संगीत तथा शब्द रचना गायक बस्नेत स्वयंको छ । पृष्ठभूमि गायनमा सुशान्त गौतम र रुप बहादुरले सघाएका छन् । भिडियोमा सौरभ लामाको छायांकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् । गीतको अडियो र भिडियो फिल्म ‘लुट २’मा समावेश चर्चित गीत ‘ठमेल बजार’ शैलीमा तयार पारिएको भान हुन्छ ।
 
द्वन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो । 
 
सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । यस फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।