Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमा केही गर्न नपाउँदाको भडास ‘के घर के डेरा’मा निकालेको छु : विपिन कार्की

फिल्मीखबर, काठमाडौं, 2022/10/16
bipin karki
 
फिल्म ‘पशुपति प्रसाद’पछि निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता विपिन कार्कीबीच सहकार्य भएको नयाँ फिल्म ‘के घर के डेरा’ दीपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसकारण पनि यो फिल्मप्रति अपेक्षा उच्च छ । ट्रेलर हेर्दा विपिनको चरित्र फिल्ममा सबैभन्दा शक्तिशाली देखिन्छ । र, एकपटक फेरि उनले आफूलाई भिन्न चरित्रमा प्रस्तुत गरेका छन् । 
 
‘पशुपति प्रसाद’मा निभाएको भष्मे डनको चरित्रले उनलाई दर्शकमाझ चिनाएको थियो । अब उनी ‘के घर के डेरा’मा निर्वाह गरेको शंखे दादाको चरित्र आफ्नो नयाँ नाम बन्नेमा विश्वस्त छन् । विपिन भन्छन्, ‘मलाई विभिन्न फिल्मको चरित्रको नामबाट दर्शकहरुले चिन्नुहुन्छ । त्यसमा ‘भष्मे डन’ पनि पर्छ । अब चाहिँ फिल्म ‘के घर के डेरा’को शंखे दादाको चरित्रबाट पनि चिन्नुहुन्छ भन्ने लाग्छ ।’ 
 
शंखे दादाको चरित्रबाट आफूले लकडाउनमा केही गर्न नपाउँदाको भडास निकालेको उनको भनाई छ । आफ्नो चरित्रको बारेमा विपिन अगाडि भन्छन्, ‘यसअघि मेरा चरित्रलाई जसरी रुचाइयो, शंखे दादालाई पनि दर्शकहरुले मन पराउनुहुन्छ भन्ने लाग्छ । मेरो क्यारेक्टरले एकदमै ह्यूमर बोकेको छ । मलाई बोलाइने विभिन्न उपनामहरुमा अब शंखे दादा पनि थपिनेमा विश्वस्त छु ।’ 
 
उनी ‘के घर के डेरा’लाई घर-घरको कथा भन्न रुचाउँछन् । अहिलेको सिनारियोमा कमेडी, ह्यूमर र सोसल ड्रामालाई दर्शकहरुले अत्याधिक रुचाइएका कारण यी सबै कुराको समिश्रण फिल्ममा रहेकाले सफल हुने उनको विश्वास छ । फिल्ममा उनको श्रीमतीको भूमिकामा नायिका वर्षा राउतले अभिनय गरेकी छन् । यसअघि ‘जात्रा’ सिरिजमा पनि उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा थिए ।