Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

‘के घर के डेरा’मा के छ ?

फिल्मीखबर, काठमाडौं, 2022/10/14
‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो समाजको कथा बोल्ने उत्कृष्ट फिल्म पस्किएका दीपेन्द्र के. खनाल निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’ कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलरबाट ठूलो आशा जगाएको यो फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा घर हुने र नहुने दुवै वर्गले फिल्ममा आफ्नो कथा महसुस गर्ने दीपेन्द्रको भनाई छ । 
 
k ghar k dera
 
उनी भन्छन्, ‘काठमाडौंमा डेरामा बस्नेहरुको आ-आफ्नै समस्या छ । तर, घर हुनेहरुको समस्या पनि त्यतिक्कै छ । फिल्ममा यिनै कुरालाई रमाइलो शैलीमा देखाएका छौं । त्यसैले काठमाडौंमा घर हुने र नहुने दुवैले फिल्मको कथामा अपनत्व महसुस गर्नेछन् ।’ उनी फिल्मले तिहार मूड सिर्जना गर्नेमा विश्वस्त छन् । तिहारमा हाँस्न चाहने दर्शकलाई फिल्मले निराश नबनाउने उनी बताउँछन् ।
 
फिल्मका प्रमुख अभिनेता दयाहाङ राईले यस वर्ष प्रदर्शनमा आएका आफ्ना दुई फिल्म ‘कबड्डी ४’ र ‘दुई नम्बरी’भन्दा ‘के घर के डेरा’को सेटअप र चरित्र फरक रहेको बताए । उनले भने, ‘एउटामा हिमालको कथा थियो । अर्कोमा पहाडको सेटअप थियो भने यो चाहिँ काठमाडौंमा बेस्ड छ । यो फिल्मको चरित्रको मनोविज्ञान नै फरक छ । त्यसैले दर्शकले चरित्रमा फरकपन पाउनेछन् ।’  
 
उनले फिल्ममा अभिनेता विपिन कार्कीसँग काम गर्दा अजिबको किस्साहरु भएको स्मरण गरे । ‘फिल्म हेरिसकेपछि विपिनसँगका रमाइला किस्सा शेयर गर्दा झन बढी रमाइलो हुन्छ होला । फिल्ममा काम गर्दा ऊ चरित्रमा यसरी डुबेको हुन्थ्यो थियो कि कतिबेला उसले निर्देशनको अर्डर पनि बिर्सेर अभिनय गरिरहेको हुन्थ्यो । क्यामेरा अफ भएपछि पनि उसले काम गर्थ्यो,’ दयाहाङले भने । 
 
k ghar k dera
 
विपिन कार्की भने ‘पशुपतिप्रसाद’मा निर्वाह गरेको भष्मे डनको छविलाई ‘के घर के डेरा’को शंखे दादाले मेटाउनेमा आशावादी छन् । उनले फिल्मको सेटमा आफू क्यामेरा अफ भएपछि पनि चरित्रबाट बाहिर निस्कन नसकेको अनुभव साटे । त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले धेरै फिल्ममा निर्देशक दीपेन्द्र के. खनालसँग काम गरिसकेका कारण अहिले आँखा आँखाबाटै कुरा हुने बताइन् । 
 
तस्विर : सुरेन्द्र थापा (स्माइल)