Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

के ‘बाबरी २’ बन्छ ?

फिल्मीखबर, काठमाडौं, 2022/10/13
dhiraj magar and aditi budathoki
 
चलेका नेपाली कलाकारको फिल्म प्रदर्शन हुँदा दर्शकहरुले दोस्रो पार्टको माग गरेको सर्वाधिक सुनिन्छ । र, यही प्रतिक्रिया सुनेर दंग हुन्छन् निर्मातादेखि कलाकारसम्म । यतिबेला दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘बाबरी’लाई पनि सिक्वेलको माग आएको छ । फिल्मलाई अधुरैमा विट मारिएको भन्दै दर्शकले सिक्वेल मागेका हुन् । निर्माता पनि दर्शकको मागमा सकारात्मक देखिएका छन् । 
 
‘बाबरी’लाई अभिनेत्री अदिती बुढाथोकीका आमा पुष्पलता बुढाथोकी र बुबा गणेश बुढाथोकीले निर्माण गरेका हुन् । यस हिसाबमा अदिती पनि फिल्मकी निर्मात्री हुन् । यतिबेला अभिनेता धिरज मगरको साथमा दर्शकको प्रतिक्रिया बुझ्न देश दौडाहामा रहेकी अदितीले ‘बाबरी २’लाई लिएर आफू सकारात्मक रहेको बताइन् । उनले ‘बाबरी २’ धिरज विना बन्न नसक्ने पनि बताएकी छन् ।
 
उनले भनेकी छन्, ‘फिल्ममा धिरज र मेरो जोडीलाई एकदमै मन पराइएको छ । यसबाट हामी अत्यन्त खुसी छौं । र, फेरि पनि धिरजसँग काम गर्नका लागि म उत्सुक छु । धेरै दर्शकहरुले ‘बाबरी २’को पनि माग गर्नुभएको छ । ‘बाबरी २’ बन्छ वा बन्दैन त्यो त मलाई त्यति थाहा छैन । तर, ‘बाबरी २’ बन्नुपर्छ भन्ने कुरामा चाहिँ म सकारात्मक छु । र, धिरज विना ‘बाबरी २’ बन्नै सक्दैन ।’ 
 
धिरज पनि ‘बाबरी २’ बन्नु पर्नेमा सकारात्मक देखिए । सानो राजासाहेब (‘बाबरी’मा धिरजले निर्वाह गरेको चरित्र) ले ब्याचलर पास गर्न बाँकी रहेको उनले बताए । उनी ‘बाबरी’लाई दर्शकबाट मिलेको साथ र प्रतिक्रिया अप्रत्यासित रहेको बताउँछन् । आफू धेरै वर्षपछि फिल्ममा फर्केकाले सुरुमा मनमा डर भए पनि दर्शकबाट अपेक्षा गरेभन्दा बढी माया पाउँदा खुसी लागेको उनले बताए ।