Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘दुई नम्बरी’ निर्माताको ‘पोइ पर्‍यो बुढो’ निर्देशन गर्दै दीपेन्द्र लामा

फिल्मीखबर, काठमाडौं, 2022/10/11
dipendra lama and kiran nepali
 
२०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’को नेम सिक्वेल ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । किरण नेपालीले निर्माण गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । प्रदर्शनरत फिल्म ‘दुई नम्बरी’पछि नेपाली र लामाबीच जुगलबन्दी भएको हो । यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको र फागुनपछि सुटिङ थालिने निर्देशक लामाले बताए ।
 
‘पोइ पर्‍यो काले’मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको अभिनय थियो । यसको नेम सिक्वेलमा पूजा भने दोहोरिन सक्ने चर्चा छ । तर, निर्देशक लामाले अहिलेसम्म कुनै कलाकारसँग कुराकानी नभएको बताए । स्क्रिप्ट लेखन सकिएपछि मात्र कलाकार छानिने उनको भनाई छ । ‘पोइ पर्‍यो काले’ सफल भएकाले निर्माता नेपालीले यसको नेम सिक्वेल बनाउन लागेका हुन् ।
 
दीपेन्द्र निर्देशित फिल्म ‘दुई नम्बरी’ले यतिबेला बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । तर, फिल्मलाई समीक्षकबाट मिश्रित प्रतिक्रिया मिल्दा दर्शकको ठूलो वर्गले भने मन पराएको छ । समीक्षक र दर्शकबाट फरक-फरक प्रतिक्रिया आउनुलाई निर्देशक लामाले सामान्य रुपमा लिएका छन् । उनी ‘दुई नम्बरी’लाई आफूले व्यावसायिक रुपमा सफल हुनकै लागि बनाएको बताउँछन् ।
 
‘मेरा अघिल्ला तीन फिल्ममा सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया मिलेको थियो । ‘दुई नम्बरी’मा त्यो आउनु नयाँ कुरा भएन,’ उनले अगाडि भने, ‘मबाट अपेक्षा धेरै भएकाले समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको होला । मैले चाहिँ खासमा यो फिल्म व्यवसायिक रुपमा सफल हुनकै लागि बनाएको हुँ । फिल्ममा कमी कमजोरी भएका छन् तर दर्शकले चाहिँ मन पराएकै पाइयो ।’