Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपलाई जीयाको कटाक्ष- ‘प्रेमगीत’ बाहेक कुन फिल्म चलेको छ ?

फिल्मीखबर, काठमाडौं, 2022/10/10
pradeep khadka and jiya kc
 
अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबलाई चलचित्र विकास बोर्डबाट सहयोग नमिलेको भन्दै अध्यक्ष भुवन केसीको राजीनामा नै मागेका थिए । उनले केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुका साथै दिमाग नभएको मान्छे समेत भने । यसपछि प्रदीप र भुवनबीच शितयुद्ध नै सुरु भएको छ । यतिबेला भुवन प्रदीपले लगाएका हरेक एक आरोपको जवाफ दिँदै हिँडेका छन् ।
 
यस्तैमा, भुवनकी अघोषित श्रीमती तथा अभिनेत्री जीया केसी पनि प्रदीपको कटाक्षमा उत्रिएकी छन् । उनले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा सोमवार एउटा भिडियो पोस्ट गर्दै ‘प्रेमगीत ३’ बाहेक कुन फिल्म चलेको छ भन्दै प्रदीपलाई प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नहुँदा ‘प्रेमगीत ३’ हिरोको सबै फिल्म हिट रैछ ? अचम्म लाग्छ ।’
 
जीयाले ‘प्रेमगीत’ सिरिजबाहेक प्रदीप खड्काको हिट फिल्मको नाम आफूलाई सुन्न इच्छा लागेको बताएकी छन् । एक अन्तर्वार्तामा भुवन केसीले पनि ‘प्रेमगीत’ सिरिजबाहेक अरु फिल्म नचलेको दोष पनि मेरै हो र भन्दै प्रदीपलाई प्रश्न गरेका छन् । प्रदीपले भुवन केसीलाई बोर्डबाट हटाउन सक्ने चेतावनी समेत दिएका थिए । यसको जवाफमा भुवनले आफूलाई हटाउन चुनौती दिएका छन् ।
 
‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्मसरह सुविधा दिने वा नदिने भन्ने विषयमा लामो समय विवाद चर्किएको थियो । हिन्दी डब भएकाले बोर्ड नेपाली फिल्मसरह सुविधा दिने कुराको विपक्षमा थियो भने निर्माण टिम ‘प्रेमगीत ३’ नेपाली फिल्म भएको भन्दै १५ प्रतिशत कर छुटको अडानमा थियो । यही विषयमा प्रदीपले अग्रजको आदर पनि नगरी केसीविरुद्ध आगो ओकलेका थिए । 
@jiyakc02

Prem git =3 को हिरोलाई भनेको है मैले😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

♬ original sound - jiyakc02