Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र सौगातको ‘२ नम्बरी’लाई उल्लेख्य शो

फिल्मीखबर, काठमाडौं, 2022/10/05
फिल्म '२ नम्बरी'को टिजर रिलिज, असोजमा नै फिल्म रिलिज हुने
 
बडा दशैंको तेस्रो दिन द्वादशीको दिनबाट प्रदर्शन आरम्भ गर्न लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को मंगलवारबाटै देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुलिसकेको छ । ‘कबड्डी ४’को सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले फिल्मलाई काठमाडौं र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् । 
 
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि फिल्मलाई आफ्नो देशभरका १० वटा स्टेशनमा कूल ३५ शो उपलब्ध गराएको छ । असोज ७ को ‘प्रेमगीत ३’ र असोज १४ गतेका ‘बाबरी’, ‘विक्रम वेदा’ र ‘पिएस वान’का बावजूद पनि क्यूएफएक्सले ‘२ नम्बरी’लाई ३५ शो उपलब्ध गराउनु अत्यन्त राम्रो छ । ‘वर्ड अफ माउथ’ राम्रो भए फिल्मले शो बढाउँदै जानेछ ।
 
बिग मुभिज, वान सिनेमाज्, क्रितिपुर सिनेप्लेक्स, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, विएसआर मुभिज, एफक्यूबलगायतका राजधानीमा मल्टीप्लेसहरुमा पनि फिल्मले राम्रो शो पाएको छ । बलियो स्टारकास्टका कारण मल्टीप्लेक्सहरुले फिल्ममाथि विश्वास गरेको देखिन्छ । गीतसंगीत र ट्रेलरबाट फिल्मको राम्रो हाइप बनेका कारण इनिसियल व्यापार सुखद् हुने अपेक्षा गरिएको छ । 
 
उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि फिल्ममा अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।