आज नेपालीहरुको महान् पर्व दशैं । दशैंलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । आज आम मानिस झैं नेपाली फिल्मका कलाकारहरुले पनि आफ्ना परिवारसँग दशैंको टीका लगाएका छन् । दशैंको टीका लगाएको तस्विरहरु कलाकारहरुले आ-आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

कलाकार हरिवंश आचार्यले श्रीमती, छोरा, बुहारीलाई दशैंको टीका लगाएका छन् भने चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले छोरा अनमोल केसीसहित जिया केसीलाई टीका लगाएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । अभिनेता निखिल उप्रेतीले श्रीमती र दुई सन्तानलाई दशैंको टीका लगाएको प्राप्त तस्विरमा देख्न सकिन्छ ।
.jpg)
अभिनेत्री रेखा थापाले विवाहपछि पहिलो पटक आमाको हातबाट टीका लगाएकी छन् । उनले फेसबुकमा पोस्ट गरेको तस्विरमा श्रीमानको साथमा आमाको हातबाट टीका ग्रहण गरेको देखिन्छ । अभिनेता रमेश उप्रेतीले आमा र बुबाको हातबाट टीका लगाएको तस्विर फेसबुकमा राखेका छन् । अभिनेत्री साम्राज्ञी आरएल शाहले आमाको हातबाट टीका लगाएकी छन् भने अर्की अभिनेत्री प्रियंका कार्कीले छोरीको साथमा श्रीमानको हातबाट टीका लगाएको तस्विर फेसबुकमा शेयर गरेकी छन् ।
.jpg)
त्यस्तै, कलाकार दीपकराज गिरीले टीका ग्रहणपछि श्रीमतीसँग खिचेको तस्विर पोस्ट गरेका छन् भने निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पिताको हातबाट टीका ग्रहण गरेको तस्विर फेसबुकमा राखेकी छन् । अभिनेत्री सुहाना थापाले पनि आमा र बुबाको हातबाट टीका लगाएको तस्विर प्राप्त भएको छ ।

निर्देशक तथा कलाकार अनुप बराल, अभिनेत्रीहरु ऋचा शर्मा, रिमा विश्वकर्मा, एलिजा गौतम, निर्देशकहरु नवल नेपाल, शोभित बस्नेत, केपी पाठकलगायतले पनि परिवारसँग टीका लगाएको तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
.jpg)
विजयादशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

