Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १० मा ‘म राजेश हमाल’, यस्तो छ फर्स्टलुक

फिल्मीखबर, काठमाडौं, 2022/10/04
Ma-Rajesh-Hamal
 
सुपरस्टार राजेश हमालको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘म राजेश हमाल’को प्रदर्शन मिति घोषणा गरिएको छ । बडा दशैं र निर्माता केदार भुषालको जन्मदिनको अवसर पारेर मंगलवार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १० गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको हो । पोस्टरमा एक युवती ट्रकको पछाडि कुद्दै गरेको देख्न सकिन्छ ।
 
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ । फिल्ममा अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा छन् । फिल्ममा राजेश हमलाको आवाजबाट कथा वाचन गरिएको निर्माता भुषालले जानकारी दिए । 
 
फिल्मको कथा निर्देशक योञ्जनकै हो भने पटकथामा उनलाई सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायांकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठीको साउण्ड डिजाइन छ । फिल्ममा दिपक आर.जे र कमल रेग्मीको संगीत रहेको छ।
 
किरण कुमार महर्जन सह-निर्माता रहेको फिल्ममा जीवलाल भुषाल, नविन भुषाल र श्रृषा भुषाल कार्यकारि निर्माता हुन् । राजेश हमाल केवल सुपारस्टार होइनन् उनी एक भावना हुन् भन्ने ट्यागलाइनमा फिल्म निर्माण भएको हो । निर्माता केदार भुषालले यसअघि निर्माण गरेको फिल्म ‘कौसिद’ पनि प्रदर्शनको तयारीमा छ ।